काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा एमसीसीको विरोधमा उत्रिएका छन् । एमसीसी विवाद चर्कीरहँदा एमसीसी पारित गर्ने र नगर्ने राजनीतिक दलहरुको विवाद त्यसको उदाहरण भएको उनले सामाजिक संजालमा लेखेका छन् ।
थापाले सोमबार बिहान सामाजिक संजालमा एमसीसी विवादका कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल भएको उल्लेख गरेका छन् । यस्तो बिषम परिस्थितिमा स्व। राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिक्न उनले सुझाव दिएका छन् ।
थापाले लेखेका छन्–‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ । एमसीसी विवाद त्यसको पछिल्लो उदाहरण हो ।
शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं ।’
Leave a Reply