Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीको विरोधमा उत्रिए कमल थापा, भन्छन्- राजा महेन्द्रबाट पाठ सिकौं

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा एमसीसीको विरोधमा उत्रिएका छन् । एमसीसी विवाद चर्कीरहँदा एमसीसी पारित गर्ने र नगर्ने राजनीतिक दलहरुको विवाद  त्यसको उदाहरण भएको उनले सामाजिक  संजालमा लेखेका छन् ।

थापाले सोमबार बिहान सामाजिक संजालमा एमसीसी विवादका कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल भएको उल्लेख गरेका छन् । यस्तो बिषम परिस्थितिमा स्व। राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिक्न उनले सुझाव दिएका छन् ।

थापाले लेखेका छन्–‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ । एमसीसी विवाद त्यसको पछिल्लो उदाहरण हो ।
शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077