Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस केन्द्रिय सदस्यमा गणेश लामाले मारे बाजी

    कांग्रेस केन्द्रिय सदस्यमा गणेश लामाले मारे बाजी

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। गणेश लामा नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन्।

    उपसभापतिमा विजय गच्छदार २ मतले पराजित हुँदा गच्छदार निकट गणेश लामा खुला तर्फ केन्द्रीय सदस्यमा विजय भएका छन् । ९९ जनामध्ये लामा ६४ जनालाई उछिन्दै ३५ जनाको कोटाभित्र पर्न सफल भएका छन् ।



    फोरमबाट आएका दुबैको सार्वजनिक छवि भने राम्रो छैन । गच्छदार बालुवाटार जग्गा अनियमितता प्रकणमा मुछिएका छन् भने लामा गुण्डा नाइकेका रुपमा परिचित छन् । राजनीतिमा आएको धेरै भए पनि लामालाई अझै पनि धेरैले पुरानै परिचय गुण्डा नाइके भनेर चिन्छन् । जे होस् फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार हारे पनि सो पार्टीका केन्द्रीय सदस्य लामालाई कांग्रेस प्रतिनिधिले पनि केन्द्रीय समितिमा राम्रै मत दिएर राजनीतिज्ञका रुपमा अनुमोदन गरेका छन् ।



    त्यसो त कांग्रेसले लामालाई यसअघि प्रदेशसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको थियो । तर पराजित भए । संसदीय राजनीतिक प्रतिस्पर्धामा सुरुमै पराजय भोगेका लामाले पार्टीभित्रको प्रतिस्पर्धामा भने सफलता हात पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार