Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस महिला खुला केन्द्रीय सदस्यको मत गणना शुरु

    कांग्रेस महिला खुला केन्द्रीय सदस्यको मत गणना शुरु

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको मत गणना शुरु भएको छ । महिला खुला ९ जनाको लागि भएको मतदानको गणना शुरु भएको छ ।

    ९ सिटका लागि ३० जना चुनावी मैदानमा छन् । अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा आरजू राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठ उम्मेदवार छन् ।



    त्यसैगरी जमुना ढकाल, डा डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुषाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ती कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाई, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे उम्मेदवार छन् ।



    खुला ३५ केन्द्रीय सदस्यको मत गणना सम्पन्न भइसकेको छ । तर निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार