Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सर्लाहीबाट नक्कली नोटसहित दुई भारतीय पक्राउ

    सर्लाहीबाट नक्कली नोटसहित दुई भारतीय पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.4K
    SHARES

    सर्लाही । सर्लाहीबाट दुई जना भारतीय नागरिक नेपाली नक्कली नोटसहित पक्राउ परेका छन् ।

    सर्लाही प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा नम्वर ६ चिलरी टोलका ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र वडा नम्वर १ का ४८ वर्षीय प्रमोद कुमार रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद वुढाथोकीका अनुसार शनिवार बेलुका करिब साढे ७ बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर ८ गोरखकाली स्थित भन्सार कार्यालय अगाडी चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो ।



    पक्राउ परेका दुवै जनाको मोटरसाईकल तलासी लिदा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट नक्कली जस्तो देखिने एक हजारको ११५ वटा नेपाली नोट, ४७ हजार ५१० भारतीय रुपैयाँ र १७० नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार