धनगढी । कैलालीमा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका -९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
दासको शव सोही वडाको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा शनिबार साँझ भेटिएको प्रहरीले जनाएको छ ।
हत्या कस्ले र किन गर्यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्ने बताइएको छ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।
यसअघि कैलालीमै टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको विभित्स हत्या गरिएको थियो ।
Leave a Reply