Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकबाट राजसंस्था फर्काउन सकिन्छ भन्ने 'निर्मल निवास'को सोचाई गलत: कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो भएको बताएका छन् । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनमा राजेन्द्र लिङ्ग्देनसँग अध्यक्षमा पराजित भएका थापाले आफ्नो पराजयको कारण पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवास रहेको टिप्पणी गर्दै आएका बेला यस्तो बताएका हुन्। थापाले बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था नफर्किने भन्दै सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने 'निर्मल निवास'को सोचाई गलत र प्रत्युत्पादक रहेको उल्लेख गरेका छन्। ट्वीटरमा उनले लेखेका छन्,'राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने 'निर्मल निवास'को सोचाई गलत र प्रत्युत्पादक छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077