Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाटोमा लडेर वडा सदस्यको मृत्यु

काठमाडौँ। छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय धनबहादुर पुनको मृत्यु भएको छ । उपचारका लागि अस्पताल लाँदै गर्दा वडा सदस्यको पुनको बाटोमै मृत्यु भएको हो ।

बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजादैँ गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको थियो । मृतक पुनको शुक्रबारैै छिपतरास्थित सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ । मृतक पुनका श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077