Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ११०० मत गन्दा कांग्रेस केन्द्रीय सदस्यमा को अगाडि ? कसले कति ल्याए ?

    ११०० मत गन्दा कांग्रेस केन्द्रीय सदस्यमा को अगाडि ? कसले कति ल्याए ?

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको १४औँमहाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी रहेको छ।

    मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि विभिन्न १२ समूहमा भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



    निर्वाचन समितिका अनुसार हालसम्म खुल्ला केन्द्रीय सदस्यको एक हजार १०० मत गणना भएको छ ।



    कुन उम्मेदवारको कति मत ?

    १) डा शशाङ्क कोइराला–८८२
    २) बालकृष्ण खाण–७९७
    ३) ज्ञानेन्द्रबहादुर कार्की–६७८
    ४) अर्जुननर्सिङ केसी–६०२
    ५) सुनीलबहादुर थापा–६००
    ६) उदयशम्सेर राणा–७५१
    ७)एनपि साउद–६१३
    ८)कुन्दनराज काफ्ले–५९९
    ९)गुरु बराल–६०१
    १०)गोपालमान श्रेष्ठ–६५७
    ११)गोबिन्द भट्टराई–५६६
    १२) जितजङ्ग बस्नेत–५१३
    १३) जिपछिरिङ्ग लामा–५८८
    १४) दिनेशकोइराला–६१३
    १५) दिलेन्द्रप्रसाद बडु–६८५
    १६) नैनसिंह महर–५१४
    १७) पध्मनारायण चौधरी–३९९
    १८) बलबहादुर केसी–६९८
    १९) इ.मोहन आचार्य–३९०
    २०) मोहनबहादुर बस्नेत–६९१
    २१) रमेश लेखक–७०३
    २२) डा रामशरण महत–६०९
    २३) रामहरि खतिवडा–५७८
    २४) लोकेश ढकाल–४५५
    २५) अजयबाबू सिवाकोटी–३९२
    २६) अर्जुननरसिङ केसी–६०२
    २७) सुरेन्द्र राज पाण्डे–५०१
    २८) त्रैलोक्यप्रताप सेन–४६५
    २९) टेकराज पौडेल–४१३
    ३०) तारणीदत्त चटौत–४६७
    ३१) केदार कार्की–३९६
    ३२) डा.सुरेशचन्द्र चालिसे–३८२
    ३३) धावा गुरुङ–३८६
    ३४) गणेश लामा–५८९
    ३५) मदन अमात्य–४०९

    खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

    केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ ।

    जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार