Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • ए डिभिजन लिग: ‘होम ग्राउण्ड’मा पुलिसविरुद्ध उत्कृष्ट जित निकाल्दै मनाङ तालिकाको शीर्ष स्थानमा

    ए डिभिजन लिग: ‘होम ग्राउण्ड’मा पुलिसविरुद्ध उत्कृष्ट जित निकाल्दै मनाङ तालिकाको शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.2K
    SHARES

    पोखरा । मनाङ  मर्स्याङ्दी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ ।

    लिगको पाँचौँ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’ पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबमाथि ३–१ गोल अन्तरको जित निकाल्दै मनाङ लिग तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो ।



    खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोलको मद्दतमा मनाङले पुलिसलाई पोखरा रङ्गशालामा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले समान एक/एक गोल गरेपनि दोस्रो हाफमा भने मनाङले दुई गोल थप्दै महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।



    खेलको १० औँ मिनेटमा विष्टले गोल गर्दै मनाङको अग्रता बनाए । उनले रक्षक दिनेश राजवंशीको लामो पासमा विपक्षी टोलीका गोलकिपर रोशन खड्का पेनाल्टी एरियाबाट बाहिर आएको मौकामा गोल गरे । खेलको ३५औँ मिनेटमा पुलिस क्लबले गोल गर्दै खेल बराबरीमा ल्यायो । मनाङका रक्षक सरोज योञ्जन लामाले डिबक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईलाई फाउल गरेपछि पुलिसले पेनाल्टी पायो । पेनाल्टीमा पुलिसका सुमना लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

    मनाङले दोस्रो हाफमा अञ्जन विष्टको प्रि–किक गोलमार्फत खेलमा पुनः अग्रता बनायो । ७३औँ मिनेटमा अञ्जनले विपक्षी टोलीका खेलाडीले बल हातले छोएपछि पाएको किकमा सुन्दर गोल गरेका थिए  । मनाङका निशान लिम्बुले ८३ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । लिम्बुले ओलावालेको पासलाई उपयोग गरी गोल गरेका थिए।

    मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा आएको थियो । खेलमा दुबै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । पुलिसँगको खेलमा जित हात पारेपछि मनाङ १३ अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अङ्कसहित मच्छिन्द्र फुटबल क्लब दोस्रो तथा त्रिभुवन आर्मी र सङ्कटा क्लब समान नौ अङ्क सहित क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।

    मनाङले आगामी पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग पोखरा रङ्गशालामा खेल्ने तालिका छ । खेलपछिको पत्रकार सम्मेलनमा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले घरेलु मैदानमा पहिलो खेल कठिन भएको बताए । खेलको दोस्रो हाफमा रणनीति परिर्वतन गरेपछि जित सम्भव भएको उनले प्रतिक्रिया दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार