Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखले सञ्चारमाध्यम मार्फत् धम्क्याउन थाले : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको नवौं महाधिवेशनको प्रभाव अहिले कांग्रेसमा परेको भन्दै कांग्रेसमा नयाँ पुस्ता उदयको प्रभाव एमालेमा पनि पर्ने बताएका छन् ।

आज गृहजिल्ला पुगेका सचिव भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा भने–‘एमालेको नवौं महाधिवेशनमा हामी पनि यसरी नै निर्वाचित भएर आएका थियौं । कांग्रेसमा त्यसको प्रभाव परेको थियो । कांग्रेसको प्रभाव पनि एमालेमा पर्छ । एउटै धर्तीमा बसेर राजनीति गरिरहेकाले प्रभाव पर्नु स्वभाविक हो ।’

एमाले र कांग्रेस मुलुकलाई अप्ठेरो पर्दा मिलेर त्यसको सामना गर्ने र सहज परिस्थितिमा प्रतिष्पर्धा गर्ने दुई शक्ति भएको उनले बताए ।

भेटघाटमा उनले सभामुखले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अवरुद्ध भइरहने जनाए । अहिले सभामुखले सञ्चारमाध्यम मार्फत् धम्क्याउन थालेको भन्दै उनले यसअघिका सभामुख हुँदा यस्ता समस्या नआउनु र अग्नि सापकोटा हुँदा आउनु सभामुखको असफलता भएको बताए ।

पार्टीले अबको तीन महिना पार्टी प्रवेश अभियान चलाउने र त्यस अवधिमा एकीकृत समाजवादीमा गएकाहरूलाई फर्काउने उनले बताए । नेतृत्वदेखि कार्यकता तहसम्म माओवादीको ठूलो समूह एमालेमा भएकाले आगामी निर्वाचनमा एमालेलाई जित सहज रहेको उनको दाबी छ ।

उनले भने–‘अरुलाई पनि भित्र्याउँछौं, विशेषगरी एकीकृत समाजवादीमा गएका साथीहरूलाई फर्काउँछौं । सन् २०२१ एमालेका लागि सकसको वर्ष भए पनि आगामी पुस १५ पछि सुरु हुने सन् २०२२ को वर्ष एमालेका लागि पुनरोदय र पुनर्जागरणको वर्ष हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077