Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • खसआर्य सहमहामन्त्रीमा पनि देउवा पक्षकै किशोरसिंह राठौर निर्वाचित

    खसआर्य सहमहामन्त्रीमा पनि देउवा पक्षकै किशोरसिंह राठौर निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

    कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार सम्पन्न मतगणनामा  देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् ।



    बिजयी किशोरसिंह  सभापति शेरबहादुर देउवा पक्षका हुन् भने देवराजले शेखर कोइरालाको प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।



    यसअघि आजै सम्पन्न मुस्लिमतर्फको सहमहामन्त्रीमा पनि देउवा पक्षकै फरमुल्लाह मन्सुर निर्वाचित भएका थिए । उनले कोइराला पक्षका शेख वकिललाई करिब १ हजार मतले जितेका थिए।

    अहिले थारू, मधेसी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार