Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री: मुस्लिमतर्फ देउवा पक्षका फरमुल्लाह निर्वाचित

    कांग्रेस सहमहामन्त्री: मुस्लिमतर्फ देउवा पक्षका फरमुल्लाह निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  नेपाली कांग्रेस मुस्लिमतर्फको सहमहामन्त्रीमा बाराका फरमुल्लाह मन्सुर बिजयी भएका छन् ।

    कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार सम्पन्न मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह विजयी भएका हुन् ।



    बिजयी फरमुल्लाह सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनले २,७७६ मत ल्याए भने कोइराला पक्षका वकिलले १,८७१ मत पाए ।



    अहिले थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।

    यसअघि बिहीबार महिला, दलित र आदिवासी/जनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आएको थियो । जसमा दुई जना देउवा समूहका र एक जना कोइराला प्यानलकाले जित हात पारेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार