Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्रीको मतगणना: खास आर्यतर्फ देउवा पक्षका राठौरकाे अग्रता [अपडेट]

    कांग्रेस सहमहामन्त्रीको मतगणना: खास आर्यतर्फ देउवा पक्षका राठौरकाे अग्रता [अपडेट]

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 963
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।

    बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।



    कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।



    महिला, दलित र आदिवासी जनजाति क्लष्टरको सहमहामन्त्री पदको मत परिणाम अनुसार महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे निर्वाचित भइसकेका छन् । बाँकी पाँच क्लष्टरमध्ये अब सहमहामन्त्री पदका खसआर्य, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्लष्टरको मतगणना भइरहेको छ ।

    खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् । थारु क्लष्टको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।

    निर्वाचन समितिका अनुसार खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् ।

    मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना बलियो देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार