Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अस्पतालको फार्मेसीमा औषधि किन्न वाध्य गराउने चार बिचौलिया पक्राउ

    अस्पतालको फार्मेसीमा औषधि किन्न वाध्य गराउने चार बिचौलिया पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अस्पतालको फार्मेसीमा औषधी खरिदमा बिचौलिया गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका-५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका-१२ बस्ने ३९ वर्षीय शिवकुमार कामत रहेका छन् ।



    प्रहरीका अनुसार उपचारका लागि आएका सर्वसाधारणलाई आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दु:ख हैरानी दिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।



    विराटनगर महानगरपालिका-७ स्थित उपचारका लागि आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरु उपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार