Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भारत जान लागेका १८ जनामा कोरोना पोजेटिभ, सीमाबाटै फर्काइए

    भारत जान लागेका १८ जनामा कोरोना पोजेटिभ, सीमाबाटै फर्काइए

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको नयाँ भेरिन्ट ओमिक्रोनको संक्रमण उच्च बन्दै गइरहेको बेला छिमेकी मुलुक भारतले सीमा नाकामा कडाइ गरेको छ ।

    भारतीय सीमामा गरिएको कोरोना परीक्षणमा नेपालबाट भारत गइरहेका १८ यात्रुमा संक्रमण देखिएपछि पिथौरागढस्थित चम्पावत जिल्ला प्रशासनले उनीहरुलाई पुन: नेपाल फर्काइदिएको छ ।



    भारतीय संचारमाध्यमका अनुसार गत मंगलबार उनीहरु नेपाल–भारतमैत्री बसबाट भारत प्रवेश गर्दै थिए । सो क्रममा उनीहरुको कोरोना भाइरस परिक्षण गरिएको थियो। परीक्षण गरिएको मध्ये १८ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई भारत प्रवेशमा रोक लगाइको थियो ।



    नेपाल–भारत मैत्री सेवा अन्तर्गत १० बटा बसहरु नेपाल–भारत आवतजावत गर्दछन् ।अन्य पाँच वटा बसलाई भने दिल्ली जान दिइएको बताइएको छ । त्यसअघि पनि भारत जान लागेका ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार