Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना आज

    कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना आज

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ ।

    यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ ।



    आज मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो । सभापतिसहित उपसभापति र महामन्त्रीको पनि मतपरिणाम भने आइसकेको छ ।



    मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।

    खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

    मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।

    पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार