Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • इंग्लिस प्रिमियर लिग : न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

    इंग्लिस प्रिमियर लिग : न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ

    बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो ।



    एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । लिभरपुलरको १२औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १-१ गोल गरे ।



    सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन् । उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

    यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए । २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए । २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए ।

    खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको पुनरागमन जित दिलाए ।

    जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार