Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सहमहामन्त्रीमा ४१०० मत गन्दा मानबहादुरलाई जीवनले उछिने

    सहमहामन्त्रीमा ४१०० मत गन्दा मानबहादुरलाई जीवनले उछिने

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी छ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको नतिजा आइरहेको छ। जसमा दलित सहमहामन्त्री पदमा ४१०० मत गन्दा जीवन परियारले अग्रता लिएका छन्।



    उनले १९१९ मत ल्याएका छन् भने मानबहादुर विश्वकर्माले १८९२ मत ल्याएका छन्। दलितमा जीवन परियार शेखर कोइराला र विश्वकर्मा देउवा पक्षबाट हुन्। उनीहरूबीच २७ मतको फरक छ।



    कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भइरहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार