Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री : भीष्मराज, डीना र मानबहादुरको अग्रता

    कांग्रेस सहमहामन्त्री : भीष्मराज, डीना र मानबहादुरको अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको तीन क्लस्टरको सहमहामन्त्रीको मतगणना अहिले भइहेको छ ।

    महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मत गणना भइरहँदा सभापति शेरबहादुर देउवाको प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।



    महिलातर्फ १,५०४ मतको गणना भएको छ, जसमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत पाउँदा कमला पन्तले ६८३ मत पाएकी छन् ।



    दलिततर्फ १,७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् ।

    जीवन परियारले ८३१ र गंगा सुनारले ७० मत पाएका छन् । आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बेले ५१८ मत पाउँदा विकास लामाले ३५७ मत पाएका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार