Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री : भीष्मराज, डीना र मानबहादुरको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको तीन क्लस्टरको सहमहामन्त्रीको मतगणना अहिले भइहेको छ ।

महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मत गणना भइरहँदा सभापति शेरबहादुर देउवाको प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

महिलातर्फ १,५०४ मतको गणना भएको छ, जसमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत पाउँदा कमला पन्तले ६८३ मत पाएकी छन् ।

दलिततर्फ १,७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् ।

जीवन परियारले ८३१ र गंगा सुनारले ७० मत पाएका छन् । आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बेले ५१८ मत पाउँदा विकास लामाले ३५७ मत पाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077