Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माघ १२ मा राष्ट्रियसभा सदस्य निर्वाचन, देशभर १४ मतदान केन्द्र

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ ।

आयोगका अनुसार प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १÷१ वटा मतदानस्थल भित्र २÷२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको छ ।

आयोगका अनुसार निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कुल २०२५ जना मतदाता हुनेछन् ।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ ।

त्यसैगरी प्रदेश २ मा महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशका लागि दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढीस्थ्ति प्रदेश सभा भवनमा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा चार बर्से कार्यकाल सकिएर फागुन २१ गतेबाट १९ सांसद बिदा हुँदै छन् । सोही स्थानमा निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077