Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाए रक्षामन्त्री मिनेन्द्र रिजालले

    नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाए रक्षामन्त्री मिनेन्द्र रिजालले

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

    रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।



    नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।



    महामन्त्रीमा हार्ने निश्चित भएपछि उनले राजीनामा बुझाउने बताएका थिए । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

    महामन्त्रीमा डा. रिजालले ८०९ मत पाएका थिए । मत परिणाम अनुसार विजयी भएका गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । त्यसैगरी तेस्रो नम्बरमा डा. प्रकाशशरण महत १५५०, चौथोमा प्रदीप पौडेलले १४०९, पाँचौमा रिजाल पर्दा छैटौमा रहेका डा. राजाराम कार्की १०७ पाए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार