Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस महाधिवेशन : ३०० मत गन्दा थापालाई २०० र पौडेललाई ११०

    कांग्रेस महाधिवेशन : ३०० मत गन्दा थापालाई २०० र पौडेललाई ११०

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो ।

    सुरुवाति मतपरिणामअनुसार ३०० मत गन्दा गगन थापाले २०० मतका साथ प्रथम स्थानमा छन् भने उनलाइ प्रदीप पौडेलले पछ्याइरहेका छन् । पौडेलले ११० मत पाएका छन् । त्यस्तै प्रकाशशरण महत ९१ , मीनेन्द्र रिजाल ५५ र विश्वप्रकाश शर्मा १०४ र राजाराम कार्कीले ५ मत प्राप्त गरेका छन् ।



    महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।



    सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार