Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • महामन्त्रीको १०० भोट गनियो, गगनलाई पछ्याउँदै विश्वप्रकाश

    महामन्त्रीको १०० भोट गनियो, गगनलाई पछ्याउँदै विश्वप्रकाश

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् भने विश्वप्रकाश शर्माले उनलाई पछ्याइरहेका छन् ।

    १०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश शर्माले ३४ मत पाएका छन्। त्यसैगरी प्रकाशशरण महतले ३१, प्रदीप पौडेल २७ मीनेन्द्र रिजालले २१ मत पाएका छन्।



    कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।



    सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइकसेका छन् ।

    सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार