Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १७०० मत गनियो : खड्काभन्दा भण्डारी अगाडि, धनराजको अग्रता कायमै

    १७०० मत गनियो : खड्काभन्दा भण्डारी अगाडि, धनराजको अग्रता कायमै

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । कांग्रेस उपसभापतिको मतगणना जारी छ। हालसम्म १७ सय मत गनिएको छ।

    पछिल्लो अवस्थामा चन्द्र भण्डारीले पूर्णबहादुर खड्कालाई पछि पारेका छन् भने धनराज गुरुङले अग्रता कायम राखेका छन्।



    धनराज गुरुङ्गले ७४५ मत ल्याएका छन् भने डा चन्द्र भण्डारीले ६७२ मत ल्याएका छन्। पुर्ण बहादुर खड्काले ५८० मत प्राप्त गरेका छन् भने विजयकुमार गच्छदारले ४७० मत ल्याएका छन्।



    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्।

    पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका चयनका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई साथ दिएका थिए।

    उपसभापतिको मतगणना सकिएपछि बिहीबार महामन्त्रीको मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। महामन्त्रीका लागि गगन थापा, मिनेन्द्र रिजाल, प्रदीप पौडेल, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र राजाराम कार्कीबीच प्रतिस्पर्धा भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार