Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देउवालाई बधाइ दिँदै शेखरले भने–भागवण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौ

    देउवालाई बधाइ दिँदै शेखरले भने–भागवण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौ

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सशक्तरुपमा प्रस्तुत हुने बताएका छन्। १४औं महाधिवेशन समापनपछि काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टीलाई बेथितिमा चलाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने घोषणा पनि गरे।

    उनले भने–‘यो अवधिमा पार्टी बेथितिको हिसाबले चल्यो। त्यस्तै चले सशक्तरुपमा प्रस्तुत हुन्छौं। मलाई कुनै कुण्ठा पनि छैन। कसले के गर्‍यो भन्ने मलाई केहि छैन ।’ उनले भने।



    उनले सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई बधाइ पनि दिए। कोइरालाले भने–‘शेरबहादुरजीलाई विजयी हुनुभएकोमा बधाइ दिन चाहन्छु। चार वर्षको कार्यकालको सफलताको कामना गर्छु। प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र हो। स्वस्थ प्रतिपर्धाबाट उहाँ विजयी हुनुभयो ।’



    ‘उहाँ (देउवा)सँग पार्टीभित्रको आन्तरिक लडाइँ हो। हाम्रो साथीहरु को को आउनु होला, त्यो बक्सा खोलेपछि निर्णय हुन्छ। उहाँ मात्र ४ वर्षका लागि सभापति हो। तर, साढे ५ वर्षसम्म बेथितिमा चल्यो पार्टी। फेरि त्यसरी नै प्रस्तुत भए, सशक्त रुपमा प्रस्तुत हुन्छौं।’ उनले थप भने ।

    उनले सभापति पदमा आफूलाई सहयोग नगरी देउवालाई सहयोग गरेकाहरु प्रति कुनै टिप्पणी नगर्ने बताए। पहिलो चरणमा देउवाविरुद्ध रहेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा उनैलाई समर्थन जनाएका थिए। उनीहरु प्रति आफ्नो भन्नु केही नभएको बताउँदै शेखरले भने–‘केही कुनै कुन्ठा छैन। कसले के किन गर्‍यो भन्ने कुरा मेरो मनमा छैन। पार्टी भित्रको कुरा हो। त्यो आफ्नो ठाउँमा छ।’

    शेखरले आफूले पराजयमा पनि विजय प्राप्त गरेको दाबी गरे। महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधिहरुका साथै नेता कार्यकर्ताले देखाएको मायाले विजयी भएको उनको भनाइ थियो। उनले भागबण्डा र गुटबण्दीको राजनीतिमा आफू नलाग्ने भन्दै काम गर्दै जाने र त्यहीँबाट देउवा समूहलाई सोच्न बाध्य बनाउने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार