Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • शेखरलाई भागबण्डाको राजनीति नगर्न सुझाव दिंदै गगनले भने–वालुवाटार र बुढानिलकण्ठमा गुटको बैठक नहोस्

    शेखरलाई भागबण्डाको राजनीति नगर्न सुझाव दिंदै गगनले भने–वालुवाटार र बुढानिलकण्ठमा गुटको बैठक नहोस्

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका पत्यासी गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिएका छन् ।

    देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिंदै उनले बालुवाटर र बुढानिलकण्ठमा पनि गुटको बैठक हुँदैन होला भन्नेमा आफू विश्वस्त रहेको जनाए ।



    सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोकेर काम गर्न सुझाव दिए ।



    १४औं महाधिवेशन समापनपछि काठमाडौंमा आज आयोजित कार्यक्रममा थापाले भने–‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला । उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो ।’

    उनले अघिल्लो पटक सभापति हुँदा जुन व्यवहार शेरबहादुर देउवाले देखाएका थिए त्यो यसपटक सुधार हुने विश्वास लिएको पनि बताए । उनले भने–‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन ।’ उनले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन् ।

    कार्यक्रममा बोल्दै थापाले उनले आउँदै गरेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अझै बलियो बनाउने गरी लैजान पनि सुझाब दिए । उनले भने–‘अहिले हामी कम्युष्टिहरू नमिले मात्रै जित्ने अवस्थामा छौं । अबको निर्वाचनमा कांग्रेस अरु पार्टी नमिले मात्रै जित्ने अवस्था आउनै दिनु हुँदैन । यसका लागि तत्काल १०–१५ लाख मतदाता थप्ने अभियानमा हामी लाग्नु पर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार