Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हरायो नेपालले

    श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हरायो नेपालले

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

    आजको खेलमा नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गरिन् ।



    त्यस्तै सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक/एक गोल गरे ।



    खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाईन् । सातौं मिनेटमा सबिताले गोल गर्दा नेपालको अग्रता २–० को बन्यो ।

    मेनुकाले खेलको ४३ औं मिनेटमा गोल गर्दै नेपाललाई ३ गोलको अग्रता बनाएकी थिइन् भने ४८ औं मिनेटमा सलोनी राना मगरको क्रसमा रजनीले गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाईन् ।

    त्यसैगरी खेलको ५३ औं मिनेटमा सलोनीले ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले ६–० को जित हासिल गरेको हो ।

    यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपाल २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

    च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार