काठमाडौं । कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई सर्वोच्च अदालतले पदमा फर्कन अन्तरिम आदेश दिएको छ ।
बुधबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सिलवाललाई काममा फर्कन आदेश दिएको हो । सिलवाललाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो।
त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
Leave a Reply