काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीकुमार अधिकारीका अनुसार पीसीआर परीक्षणबाट २५२ र एन्टिजेन परीक्षणबाट २८ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारको मन्त्रालयका प्रेस ब्रिफिङमा डा. अधिकारीले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ९९४ कोरोना परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ९ हजार २१२ र २ हजार ७८२ एन्टिजेन परीक्षण भएको छ ।
२४ घण्टामा ३०० जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
Leave a Reply