Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवासँग सहकार्य गर्ने गगन थापाको उद्घोष

काठमाडौं । कांग्रेस नेता तथा महामन्त्रीका प्रत्याशी गगन थापाले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

कांग्रेस नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर डा. शेखर कोइराला प्यानलबाट चुनाव लडेका थापाले सभापति देउवासँग समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाई दिँदै थापाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन्–‘आदरणीय शेरबहादुर देउवा ज्यू,पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई १ आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।

सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको थियो ।

https://twitter.com/thapagk/status/1470982114111676428

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077