Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवालाई बधाई दिंदै डा. भट्टराईले भने–अग्रगमनकारी शक्तिबीच एकता होस्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

ट्विटरमार्फत सफल कार्यकालको शुभकामना दिँदै भट्टराईले देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भन्दै उनले ट्वीटरमा लेखेका छन्–‘नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएकोमा प्रम शेरबहादुर देउवालाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना ! उहॉको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्, अग्रगमनकारी शक्तिबीच एकता होस्, थप शुभेच्छा !’

प्रधानमन्त्री देउवा कांग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक निर्वाचन हुँदा पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् । सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको थियो ।

https://twitter.com/brb1954/status/1470931313913778177

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077