Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देउवालाई साथ दिने सिंह र निधिको रुने दिन आउँछ : पाण्डे

    देउवालाई साथ दिने सिंह र निधिको रुने दिन आउँछ : पाण्डे

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि र प्रकाशमान सिंहले रुने दिन आउने बताएका छन्।

    पाण्डेले देउवालाई सहयोग गरेका नेताद्वय सिंह र निधिले पदका लागि देउवालाई समर्थन गरेको भन्दै कटाक्ष गरेका हुन्। उनले यी दुई नेताले केही महिनापछि देउवाले दिन्छु भनेको पद दिएनन् भनेर रुनुपर्ने दिन आउने दाबी गरेका छन्।



    ‘केही महिनापछि प्रकाशमानले ‘देउवाजीले मलाई यो पद दिन्छु भनेर दिनुभएको वाचा तोड्नुभयो’ भनेर गर्ने रोदन पनि हाम्ले सुन्नु–हेर्नुपर्नेहोला। त्यस्तै विमलेन्द्र निधिको हकमा पनि’, पाण्डेले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्।



    कांग्रेसको १४औं महाधिवेशनमा नेताद्वय सिंह र विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका थिए। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान जारी छ। दोस्रो चरणको मतदानमा निधि र सिंहले देउवालाई साथ दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार