Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपाली कांग्रेसको १४औं महाधिवेसन

    आजै २ बजेभित्र सभापतिको नजिता आउने, १० बजेबाट मतगणना

    आजै २ बजेभित्र सभापतिको नजिता आउने, १० बजेबाट मतगणना

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेसन अन्तर्गत सभापतिका चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको ३ घण्टाभित्र मतगणना हुने भएको छ।

    मंगलबार दिउँसो साढे ३ बजेदेखि सुरू भएको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। राति १० बजेबाट मतगणना सुरू हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।



    अन्य पदको मतगणना भने पर्सि (बिहिबार) बाट शुरु हुने पनि समितिले जनाएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा हालसम्म २००० मत खसिसकेको छ।



    कांग्रेसमा सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।

    पहिलो चरणमा पहिलो र दोस्रो धेरै मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो।

    तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई साथ दिएका छन् । जसका कारण देउवाको जित सुनिश्चितप्रायः छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार