Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

हेटौंडा । वाग्मती प्रदेशका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ६ जना मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीन जना मन्त्री थप गरिएको हो ।

माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायातमन्त्री बनेका छन् भने एकीकृत समाजवादीका बसन्तप्रसाद मानन्धर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा नियुक्त भएका छन् ।

त्यसैगरी कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् ।

योसँगै बाग्मतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077