Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • शशांकले पनि गरे देउवालाई समर्थन !

    शशांकले पनि गरे देउवालाई समर्थन !

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । सभापतिका प्रत्यासी शेरबहादुर देउवासँगको भेटमा कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको जनाउँदै कसैको पक्ष/विपक्षमा नलाग्ने बताएका हुन् ।

    भेटमा प्रधानमन्त्री देउवाले आफूलाई सभापति जिताउनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । देउवालाई जवाफ दिँदै शशांकले भने–‘म पार्टी एकताको पक्षमा छु । कसैको पक्ष/विपक्षमा लाग्दिन ।’



    उनको यो भनाईले कोइराला परिवार भित्र भित्रै भुसको आगो सल्केको प्रष्ट देखिन्छ । आफ्नै परिवारभित्रका दाई शेखरलाई समर्थन गर्छु भन्न नसक्नु देउवातिर ढल्केको प्रष्ट हुने कांग्रेसी नेताहरुकै दावी छ ।



    १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार