Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एमाले सांसदको विरोधकाबीच संसद‍्मा अध्यादेश पेश, अर्को बैठक पुस ६ मा

    एमाले सांसदको विरोधकाबीच संसद‍्मा अध्यादेश पेश, अर्को बैठक पुस ६ मा

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । एमाले सांसदको नाराबाजीकाबीच संसदमा अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् ।

    त्यस्तै, बडुले रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गरेका हुन्।



    संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।



    अब अर्को बैठक पुस ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार