Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ओमिक्रोनले उच्च जोखिम सिर्जना गरेको छ : डब्ल्यूएचओ

    ओमिक्रोनले उच्च जोखिम सिर्जना गरेको छ : डब्ल्यूएचओ

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टले उच्च जोखिम सिर्जना गरेको बताएको छ । यो भेरियन्ट भेरियन्टले विश्वभर जोखिम निम्त्याउन सक्ने र केही प्रमाण हेर्दा खोपको प्रभावकारिता छल्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।

    ओमिक्रोन कति संक्रामक छ, यसले संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउँछ वा पुर्‍याउँदैन र खोपले काम गर्ने वा नगर्नेबारे अझै पूर्ण विवरण आइनसकेको पनि डब्लुएचओले जनाएको छ ।



    यद्यपी प्रारम्भिक प्रमाणले डेल्टाभन्दा कम संक्रामक देखिएको, यसका लक्षण सामान्य रहेको र खोपको बुस्टर डोजले काम गर्न सक्ने देखाएको पनि डब्ल्यूएचओले जनाएको छ । एजेन्सी



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार