Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देउवालाई तेस्रो र चौथो स्थानका सिंह र निधिको समर्थन, दोस्रो चरणमा जित निश्चित

    देउवालाई तेस्रो र चौथो स्थानका सिंह र निधिको समर्थन, दोस्रो चरणमा जित निश्चित

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पहिलो चरणमा कसैले पनि बहुमत पुर्याउन नसकेपछि नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणनमा निर्वाचन हुने भएको छ । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच भिडन्त हुने भएको हाे ।

    यसअघि भएको निर्वाचनमा कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन् भने शेखर कोइरालाले १७ सय २ मत प्राप्त गरे। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २५०, कल्याण गुरुङले २२ मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो।



    पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। सोहीअनुरुप अब देउवा र कोइरालाबीच सभापति पदका लागि पुनः निर्वाचन हुने भएको हो । आज साढे ३ बजेबाट निर्वाचन शुरु हुने छ ।



    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका थिए। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।

    देउवाले सिंह र निधिलाई आफ्नो पक्षमा ल्याइसकेकाले उनको जित निश्चितप्रायः देखिन्छ । बहुमतका लागि ९० मत मात्र नपुगेको अवस्थामा देउवाले ३७१ मत ल्याएका सिंह र २४९ मत ल्याएका निधिलाई आफ्नो पक्षमा पारिसकेका छन् ।

    आज विहानै सिंह र निधि निवासमै पुगेर देउवाले उनीहरुलाई आफ्नो पक्षमा ल्याएका हुन् । सिंह र निधिले देउवालाई समर्थन गर्ने बताइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार