Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

    सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कांग्रेस सभापतिको चयनका लागि मंगलबार दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने भएको छ ।

    पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा सोमबार तोकिएका ३ ठाउँमै दिउँसो साढे ३ बजेदेखि ७ः३० सम्म चुनाव हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



    सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।



    पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका थिए । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । त्यसैगरी कोइरालाले १७०२ मत पाउँदा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरे।

    अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार