Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बेलायतमा ओमिक्रोनबाट एकजनाको मृत्यु

    बेलायतमा ओमिक्रोनबाट एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमणबाट एक जना संक्रमितको मृत्यु भएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ओमिक्रोन पुष्टि भएका एक जनाको सोमबार मृत्यु भएको हो। हाल ओमिक्रोन तीव्ररुपमा विश्वभर फैलिएको छ।



    बेलायत सरकारले ओमिक्रोन फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन संकटकाल घोषणा गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।



    उनले टेलिभिजनमा कुराकानी गर्दै ओमिक्रोन तीव्ररुपमा फैलिनसक्ने कुरालाई नजरअन्दान गर्न नमिल्ने बताएका थिए। प्रधानमन्त्री बोरिसले १८ वर्ष माथि नागरिकलाई तत्काल बुस्टर डोज दिने घोषणा पनि गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार