काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरु घोषणा गरेको छ । यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘होण्डाको साथ ७’ योजना अन्तर्गत प्रदेश १ बाट STC Biratnagar रबिना चौधरी, प्रदेश २ बाट Mishika Enterprises राम प्रकाश यादव, प्रदेश ३ बाट STC Teku- Citizen Bank Ltd अनिना मानन्धर, प्रदेश ४ बाट Kunwar Brothers जमुना मुडभरी, प्रदेश ५ बाट Amrit International अनप्रसाद काफ्ले, प्रदेश ६ बाट New Bulbule Auto Sales तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसै गरी प्रदेश नम्बर ५ बाट S.T Auto साबित्रा श्रेष्ठले बम्पर उपहार १५ लाख प्राप्त गरेकी छन् ।
यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेको पनि कम्पनीले जनाएको छ । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजारसम्मको क्यास ब्याक प्राप्त गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply