Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न अध्यक्ष लिङ्देनसँग कमल थापाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीको महाधिवेहनमा निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न माग गरेका छन्। उनले पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनसँग तत्काल समिति गठन गर्न माग गरेका हुन्।

सोमबार अध्यक्ष लिङ्देनलाई तीन पृष्ठको पत्र पठाउँदै उनले यसो गरेमा मात्र पार्टीलाई फुटबाट जोगाउन सकिने बताए। ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनु होस’, थापाले पत्रमा भनेका छन्, ‘हस्तक्षेपको भत्सर्ना गर्नुहोस्, भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्।’

त्यस्तै थापाले राजसंस्था र पार्टीलाई ‘रिमोट कन्ट्रोल’बाट चलाउन चाहने निर्मल निवासको योजनाबारे पार्टीभित्र बहस शुरू गर्न पनि माग गरे। अध्यक्ष लिङ्देनले आफ्नो मागअनुसार निर्णय लिएमा पार्टीको भविष्य पनि सुनिश्चित रहने थापाले उल्लेख गरेका छन्।

पार्टी अध्यक्षमा हारेपछि थापा पूर्वराजपरिवारविरुद्ध निरन्तर खनिइरहेका छन्। उनले यसअघि पनि अब राजालाई नबोक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077