Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • भारतलाई तेस्रो पटक मिस युनिभर्सको ताज, हरनाज बनिन् विश्व सुन्दरी

    भारतलाई तेस्रो पटक मिस युनिभर्सको ताज, हरनाज बनिन् विश्व सुन्दरी

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । मिस युनिभर्स–२०२१ को ताज भारतीय सुन्दरी हरनाज कौर सन्धुले जितेकी छन् ।

    ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले ताज जितेकी हुन् ।



    सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।



    योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार