Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिक्षकको हत्या अभियोगमा जन्मकैद

लाम । इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जनालाई जन्मकैदको फैसला सुनाइएको छ।

हत्या आरोपमा सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालत इलामले जन्मकैदको सजाय सुनाएको हो।

उनीहरु नातामा ज्वाइँ जेठान हुन्। ४६ वर्षका पदमबहादुरले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए। मादक पदार्थ सेवन गरेका उनले पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

२९ असोज २०७७ मा अम्लिसे भन्ज्याङ आधारभूत विद्यालय कार्यरत शिक्षक पुष्पलालको घरैमा शव भेटिएको थियो। केही समयको अनुसन्धानपछि नै पदमबहादुर पक्राउ परेका थिए।

अनुसन्धान पुरा भएपछि प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता गरेको थियो। जिल्ला अदालतले अभियोगी राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ समेत जम्मा गर्ने गरी फैसला सुनाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077