Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा कतै नअटाएका रावलले झोक्किँदै दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयान खेद प्रकट गरेका छन्।

उनले बैठकले गरेका मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको प्रतिक्रिया दिएका छन्।

‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो,’ ट्वीट गर्दै नेता रावलले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो।’

आइतबार मनोनीत गरिएको केन्द्रीय सदस्यमा रावलको नाम समावेश गरिएको थिएन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077