Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनौठो अपराध : आफ्नै हत्या, आफैं हत्यारा !

एजेन्सी । आफ्नो छोरीको हत्या गरेको आरोपमा जेलमा बन्द रहेका एक व्यक्तिले सजायबाट बच्नका लागि आफ्नै हत्याको योजना रचेका छन्।

ती व्यक्तिमा पेरोलमा छुटेर यस्तो योजना बनाएर अर्का एक व्यक्तिको हत्या गरेका छन्। उनले आफ्नो कपडा अर्को व्यक्तिलाई लगाइदिएर हत्या गरे र शव जलाएका हुन्।

त्यतिमात्र हैन ती व्यक्तिले आफ्नी श्रीमीतीलाई उक्त शव आफ्नो श्रीमानको हो भनी सनाखत गराउने पनि लगाएका छन्। तर प्रहरीले कडा अनुसन्धान तथा सोधपुछ गरेपछि उनकै श्रीमतीले यो राज खुलाएकी हुन्।

हाल पती पत्नी दुबै प्रहरीको नियन्त्रणमा छन्। २० नोभेम्बरमा गाजियावादको लोनी इलामामा एक शव भेटिएको थियो। शव आधा जलिसकेको थियो। अनुसन्धानका क्रममा शवको सनाखत गरेकी महिला अनुपमासँग प्रहरीले सोधपुछ गरेको थियो जसले उक्त शव आफ्नो श्रीमानको हो भनी सनाखत गरेकी थिइन्।

महिलाले आफ्नो पतिको नाम सुदेश भएको बताएकी थिइन्। त्यसपछि प्रहरीले सुदेको विषयमा खोजी गरेको थियो। सुदेश १३ वर्षकी छोरीको हत्या गरेर जेल परेको र केही समयअघि पेरोलमा रिहा भएको पाइयो।

उनकी श्रीमतीसँग पुनः सोधपुछ गर्दा सुदेश आफैंले आफ्नो हत्याको योजना बनाएर आफ्नै कपडामा अर्को व्यक्ति हत्या गरे। उनले यो सब सजायबाट बच्नका लागि गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077