Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सैनिक कारबाहीमा १९० विद्रोहीको मृत्यु

एजेन्सी । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कारबाहीमा परी यमनमा एक दिनमा १९० जनाको हुथी विद्रोहीको मृत्यु भएको छ ।

सैनिक टोलीले गरेको सुरक्षा कारबाहीका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको सैन्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । गठबन्धन सेनाले विभिन्न ठाउँमा हुथी विद्रोही विरुद्ध ३६ ओटा सैन्य कारबाही चलाएको थियो ।

सुरक्षा कारबाहीका क्रममा सेनाले २० सवारी साधनहरु पनि क्षतीग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । यमनमा हुथी विद्रोही र गठबन्धन सेनाका बीचमा लामो समयदेखि युद्व चल्दै आएको छ । लामो युद्वका कारण ठूलो जनधनको क्षति भएको छ भने निरन्तर अशान्ति मच्चिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077