Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

रोल्पा नगरपालिका–३ गोठमारेस्थित बाटोमा घरभन्दा २५० मिटर दक्षिणमा अचानक मोटरसाइकल दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए । मोटरसाइकल बाटोमै पल्टिएको र मृतक गिरी बाटोभन्दा करिब ५० मिटर तल पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

कच्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077