Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विनाशकारी आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु

एजेन्सी । अमेरिकामा विनाशकारी आँधीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ। मृतकको संख्या अझै बढ्न सकने केन्टकीका गर्भनरले जानकारी दिएका छन्।

गर्भनर एन्डी बेशियरले विनाशकारी आँधी अहिलेसम्मकै डरलाग्दो रहेको बताएका छन्। त्यहाँको विभिन्न गोदामहरुमा कामदारहरु फसेबो बताइएको छ।

न्युयोर्क टाइम्सका अनुसार केन्टकीको मेफिल्डमा रहेको मैनबत्ति कारखानमा एक सयभन्दा बढी कामदारहरु फसेका छन्। गर्भनर बेशियरले उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077