काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्री पदमा २५–२५ हजार तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क लागनेछ। यसैगरी सहमहामन्त्री पदका उम्मेदवारले २० हजार तिर्नुपर्नेछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ताअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ। रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ।
कांग्रेसको नेतृत्व चयनको प्रक्रिया आज शुरु हुँदैछ। शनिबार उम्मेदवारी मनोयन दर्ता हुनेछ। कांग्रेसमा सभापतिसहित १३४ पदका लागि सोमबार मतदान हुनेछ।